मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

barnanmedia.com · Wed Jun 10 05:18:45 GMT 2026

बुधबार बिहान अन्दाजी ५:३० बजे लिम्चुङबुङ गाउँपालिका–१ र ३ को सिमानामा पर्ने सेतिढुङ्गा खहरे खोलामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

कात्तिकेबाट ढुङ्गा लोड गरी वडा नं. १ को कार्यालयतर्फ जाँदै गरेको म.प्र.०१-००१ त २८४० नम्बरको ट्याक्टर खहरे खोलाको उकालो र भिरालो कच्ची बाटोमा फसेपछि निकाल्ने क्रममा ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल खोलामा पल्टिएको हो ।

दुर्घटनामा ट्याक्टर चालक सोही स्थानमा ३२ वर्षीय हिमाल राईको घटनास्थलमै मृत्यु भएको हो । सहचालक प्रदीप राई भने सकुशल रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)