मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आर्थिक रूपमा शक्तिशाली बन्दै एनपीएल, यो संस्करणमा १५० करोडसम्मको कारोबार हुने

barnanmedia.com · Sun Oct 25 21:35:00 GMT 2026

सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कुल १५० करोड रुपैयाँसम्मको ऐतिहासिक आर्थिक कारोबार हुने नेपाल क्रिकेट संघ (क्यान) ले दाबी गरेको छ।

स्पोन्सर, टिकटिङ र अधिकारबाट ७५ करोडसम्मको आर्थिक कारोबार हुने जनाएको छ। टिमहरूले पनि त्यही हाराहारीमा कारोबार गर्ने र एनपीएल २०२६ को कुल कारोबार १५० करोडसम्मको हुने क्यानका काेषाध्यक्ष पदम खड्काकाे दाबी छ। साथै एनपीएल तेस्रो संस्करणको च्याम्पियन बन्ने टाेलीले १ कराेड ५० लाख पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आयाेजना गरेकाे पत्रकार सम्मेलनमार्फत क्यानका काेषाध्यक्ष खड्काले पुरस्कार राशीबारे जानकारी गराए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)