आंशिक प्राध्यापकलाई कक्षाभन्दा जीवनरक्षाको चिन्ता, अध्ययन कार्यदललाई नै त्रिविले दिएन तथ्यांक
nepallive.com · Fri Jul 10 17:13:00 UTC 2020
काठमाडौं- रामस्वरूप रामसागर बहुमुखी (आरआरएम) क्याम्पस जनकपुरधामका आंशिक प्राध्यापक अजय कुमार यादवले साढे दुई वर्षदेखि क्याम्पसमा पढाएबापतको पारिश्रामिक पाएका छैनन्। यादवले उक्त क्याम्पसमा पढाउन थालेको १० वर्ष भइसक्यो। उनी हप्ताको १८ पिरियड मात्रै पढाउँदैनन्, विद्यार्थीको प्रोजेक्ट वर्क थेसिस तथा क्याम्पसले लिने परीक्षामा पनि उतिकै खटिरहेका हुन्छन्। यादवका अनुसार उनको क्याम्पसमा आंशिक रूपमा अध्यापन गराउँदै आएका तीन जनालाई पारिश्रामिक दिइएको छैन।
'मसहित ३ जनालाई त्रिविले अढाइ वर्षदेखि पारिश्रामिक दिइएको छैन,' यादवले भने, ‘काम लगाउने तर पारिश्रामिक नदिने? हामीमाथि त्रिविले चरम श्रमशोषण गरिरहेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)