पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
gorkhapatraonline.com · Mon Aug 24 08:46:37 GMT 2026

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव पर्यटन क्षेत्रमा सरोकार भएकाले दिएका छन् । ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनीहरूले पर्यटन क्षेत्रको समग्र विकासमा जोड दिएका हुन् ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर्गेल्जे शेर्पाले सङ्घमा दुई हजार २६० जना आरोही, मजदुर तथा पर्यटन प्रवद्र्धनमा संलग्न व्यक्ति आबद्ध रहेका जानकारी दिँदै पर्यटन क्षेत्रका सबै समस्या सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले वार्षिक तीन लाखभन्दा बढी पर्यटक पदयात्रामा जाने गरेका तथा त्यसमा तीन लाखभन्दा बढीले प्रत्यक्ष रूपमा रोजगारी पाएका बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)