मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपराधीलाई सजाय दिने जिम्मा आमाहरुलाई दिन कांग्रेस सांसद कर्णको माग

nepallive.com · Mon Aug 24 08:51:17 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसकी सांसद मिनुकुमारी कर्णले आरोपितको भिडियो सार्वजनिक गरेर प्रहरी प्रशासनले मिडिया ट्रायल गरेको आरोप लगाएकी छिन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले तीन वर्षिया बालिका गरिमा गच्छदारको बलात्कारपछि भएको हत्यामा आरोपितको भिडियो सार्वजनिक भएकोमा आपत्ति जनाइन् ।

‘अपराधको घटनालाई सुरक्षा निकायले मिडिया ट्रायल गरेर नौटंकी गरिरहेको छ । यसको जवाफ कसले दिने ? यसको जवाफ सुरक्षा निकायले दिन सक्दैन ?,’ उनले भनिन्, ‘यदि सुरक्षा निकायले अपराधीलाई सजाय दिन सक्दैन भने हामी आमाहरूलाई जिम्मा लगाइदिनुस् त्यस्ता अपराधी नरपिचासलाई चौराहमा लगेर पेट्रोल छर्केर जलाउँछौँ । त्यसपछि बल्ल अर्का अपराधी डराउँछन् ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)