विदेशी स्याउ आयातमा रोक लगाउन सांसद शाहीको माग
nagariknews.nagariknetwork.com · Mon Aug 24 08:34:13 GMT 2026

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले नेपाली स्याउले बजार नपाइरहेका बेला विदेशबाटस्याउ आयात रोक्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्री, कृषिमन्त्री तथा सरकारको ध्यानाकर्षण गराउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।
सांसद शाहीले अघिल्लो आर्थिक वर्षमा मात्रै करिब १० अर्ब ५५ करोड ७५ लाख रुपैयाँभन्दा बढीको स्याउ विदेशबाट आयात भएको दाबी गर्दै नेपाली किसानले उत्पादन गरेको स्याउ भने बजार अभावका कारण समस्यामा परेको बताए। उनले अघिल्लो वर्षको साउन महिनामै पनि करिब १ अर्ब ५ करोड ४४ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)