गणेशमान सिंहको जीवनमा आधारित नाटक सर्वनाममा मञ्चन हुने
onlinekhabar.com · Mon Aug 24 08:55:48 GMT 2026

८ भदौ, काठमाडौं । गणेशमान सिंहको जीवनीमा आधारित रहेर सर्वनाम थिएटरमा नाटक मञ्चन हुने भएको छ । अशेष मल्लको परिकल्पना, नाट्यरुपान्तरण र निर्देशनमा ‘वीर गणेशमान’ नाटक मञ्चन हुने भएको हो ।
नाटकमा नेपालको प्रजातान्त्रिक आन्दोलनका महान् योद्धा गणेशमान सिंहको जीवन, संघर्ष र अडानलाई प्रस्तुत गरिने बताइएको छ । नेपाली राजनीतिमा उनलाई लौह पुरुष भनेर चिन्ने गरिन्छ । सिंह नेपालमा प्रजातन्त्र स्थापना र पुनर्स्थापना लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने नेता हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)