एक हजारभन्दा बढी सरकारी वेबसाइट पुन: सञ्चालनमा
barnanmedia.com · Sun Oct 25 22:07:33 GMT 2026

प्रोग्रामिङ ल्याङ्ग्वेज पीएचपी (PHP) मा देखिएको गम्भीर सुरक्षा कमजोरीका कारण बन्द गरिएका एक हजारभन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवा पुन: सञ्चालनमा आएका छन् । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार आवश्यक सुरक्षा सुधार र प्राविधिक परीक्षण पूरा भएपछि आइतबार साँझदेखि अधिकांश सेवा सञ्चालनमा ल्याइएको हो ।
केन्द्रले प्रणालीमा देखिएको ‘PHP2Shell’ सुरक्षा जोखिम न्यूनीकरण गर्न आवश्यक सुरक्षा प्याच लागू गरी परीक्षणसमेत सम्पन्न गरेको जनाएको छ । यससँगै प्रभावित वेबसाइट तथा अनलाइन सेवाहरू सामान्य अवस्थामा फर्किएका छन् । अझै सञ्चालनमा आउन बाँकी रहेका सेवाहरूलाई समेत यथाशीघ्र पुन: सञ्चालनमा ल्याउने प्रयास भइरहेको केन्द्रको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)