सर्बियामा विद्यार्थी आन्दोलन : राष्ट्रपति भुचिचले स्वीकारे चुनावी हार
annapurnapost.com · Sun Oct 25 22:18:09 GMT 2026

काठ्माण्डौँ : सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो ।
आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त समूहले संसद्का २५० मध्ये १३५ देखि १४० सिट जित्ने अनुमान गरिएको छ भने उनको सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) ले करिब १०५ सिट प्राप्त गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)