भारतले सुनचाँदी आयातमा गरेको कडाइले नेपालमा कस्तो प्रभाव पर्ला ?
kendrabindu.com · Sun May 17 09:58:09 GMT 2026

काठमाडौं । भारत सरकारले हालै सुन, चाँदी तथा प्लाटिनमजस्ता बहुमूल्य धातु आयातमा कडाइ गरेपछि यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव नेपालमा देखिन सक्ने विश्लेषण सरोकारवालाहरुले गरेका छन् ।
नयाँ व्यवस्थाअनुसार भारतले सुन र चाँदीमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु-याइएको छ । त्यस्तै, प्लाटिनममा लाग्ने शुल्क ६.४ प्रतिशतबाट बढाएर १५.४ प्रतिशत बनाइएको छ । यो व्यवस्था सुन–चाँदीका डोरा, सिक्का तथा सम्बन्धित सामग्रीमा समेत लागू हुने बताइएको छ । भारतीय अर्थ मन्त्रालयका स्रोतका अनुसार पछिल्लो निर्णयको उद्देश्य अत्यावश्यक नभएका आयातलाई नियन्त्रण गर्नु हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)