मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एमबाप्पे चम्किएपछि ला लिगामा रियल मड्रिडसँग बार्सिलोना पराजित

ratopati.com · Sun Oct 25 22:30:41 GMT 2026

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई २(१ गोल अन्तरले पराजित गरेको छ । रियल मड्रिडको रोमाञ्चक जितमा स्टार फरवार्ड केलियन एमबाप्पेले दुई गोल गरे ।

खेलको ४१ औँ मिनेटमा एमबाप्पेले गोल गर्दै पाहुना टोली रियल मड्रिडलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछाडि परेको घरेलु टोली बार्सिलोनाले दोस्रो हाफमा खेल बराबरीमा ल्यायो । खेलको ६१ औँ मिनेटमा राफिन्हाले बार्सिलोनाका लागि गोल गर्दै खेललाई १–१ को स्थितिमा पुर्‍याए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)