कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
ratopati.com · Sun Oct 25 22:34:47 GMT 2026

काठमाडौँ । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ ।
दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घर घरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो । धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आइतबारदेखि १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)