मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी विकास कोष उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त आनीको किन विरोध भइरहेको छ ?

barnanmedia.com · Sun Oct 25 22:28:38 GMT 2026

लुम्बिनी र काठमाडौं — करिब पाँच महिनादेखि रिक्त लुम्बिनी विकास कोष उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई ३० असोजमा मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने निर्णय गरेलगत्तै विरोध सुरु भएको छ । आनीको विगत र व्यक्तिगत विवरणसमेतलाई प्रश्न उठाउँदै नियुक्ति रद्द गर्न एक पक्षले माग गरेको छ ।

आनीको नियुक्तिको विरोधमा रहेको पक्षले लुम्बिनी बचाउ महाअभियान नै गठन गरेर विरोध गरिरहेको छ । ३१ असोजबाटै विरोधका कार्यक्रम गर्दै आएको अभियानका संयोजक अकरम खानले बताए । नियुक्ति बदर नहुँदासम्म जनस्तरमा सभा, पत्रकार सम्मेलन, विरोध र्‍याली, धर्ना, घेराउका कार्यक्रम जारी रहने उनले जानकारी दिए । लुम्बिनीका स्थानीयसँगै विभिन्न क्षेत्रका अगुवाले निर्णयको विरोधका साथै निर्णय तत्काल खारेज गर्न मागसमेत गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)