करण केसीले पुने डेभिल्सबाट टी-१० लिग खेल्ने
onlinekhabar.com · Wed Dec 23 17:21:50 UTC 2020
८ पुस काठमाडौं । नेपाली राष्ट्रिय टिमका फास्ट बलर करण केसीले पहिलो पटक विदेशी क्रिकेट लिग खेल्ने भएका छन् । युएईमा आगामी जनवरीमा सुरु हुने टी-१० लिगमा करण छनोट भएका हुन् ।
बुधबार भएको ड्राफ्टमा पुने डेभिल्सले करणलाई अनुबन्ध गरेको हो । गत सिजन कर्नाटका टस्कर्सको नामबाट लिग खेलेको टिमको यस सिजन ना परिवर्तन गरेर पुने डेभिल्स बनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)