वेष्ट इण्डिजका अलराउण्डर फेबियन एलेन सुदूरपश्चिममा
barnanmedia.com · Sun Oct 25 22:37:26 GMT 2026
वेष्ट इण्डिजका अलराउण्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध हुनुभएको छ । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुनुहुन्छ । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उहाँ टी-२० क्रिकेटका अनुभवी खेलाडी हुनुहुन्छ । उहाँले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसक्नुभएको छ ।
एलेनले वेष्ट इण्डिजका लागि २० एकदिवसीय र ४२ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । एकदिवसीयमा उहाँले २०० रन बनाउनुका साथै सात विकेट लिनुभएको छ । टी-२० अन्तर्राष्ट्रियमा उहाँको नाममा २९८ रन र २४ विकेट छ । सबैखाले टी–२० क्रिकेटमा एलेनले १७८ खेल खेल्दै एक हजार ६३४ रन बनाउनुभएको छ भने १०९ विकेट लिनुभएको छ । यस प्रारूपमा उहाँको ब्याटिङ स्ट्राइक रेट १३९.८९ छ । उहाँले १०६ छक्का प्रहार गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)