नेकपाको वैचारिक कार्यदिशा र उत्पन्न समस्या
rajdhanidaily.com · Sat Dec 12 17:50:11 UTC 2020
यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जुन खालका समस्या देखा परेका छन्, यी समस्या किन र कसरी उत्पन्न भइरहेका छन् ? नेकपा कस्तो प्रकारको पार्टी हो, यसका ध्येय लक्ष्य, उद्देश्य र अभिभारा के रहेका छन् ? आज नेकपाले पार्टी सञ्चालनका क्रममा अवलम्बन गरेको सैद्धान्तिक, वैचारिक र सांगठनिक कार्यदिशा के रहेका छन् ? पार्टीले अवलम्बन गरेको सैद्धान्तिक वैचारिक र सांगठनिक कार्यदिशाको आलोकमा नेकपाभित्र उत्पन्न समस्या कस्ता प्रकारका समस्या हुन् ? के यी समस्या समाधान हुन नसक्ने खालका छन ? समस्या समाधान हुन्छन भने समाधानको विधि र पद्धति के रहेको छ ? आदि प्रश्नहरूको बारेमा पार्टी पंक्ति अझ खासगरी केन्द्रीय तहमा सघन ढंगबाट छलफल बहस गरेर समाधान निकाल्नु यतिबेला नेकपा सामुको केन्द्रीय अभिभारा हो ।
नेकपाले सर्वहारा श्रमजीवी वर्गको अग्रदुत भएर श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीको रूपमा भूमिका निर्वाह गर्ने आफ्नो घोषित उद्देश्यलाई अगाडि सारेको छ । नेकपाको राजनीतिक प्रतिवेदनमा आगामी अभिभाराबारे भनिएको छ ‘यतिबेलाकोे अभिभारा भनेको माक्र्सवाद–लेनिनवादको आम मार्गदर्शन र आफ्नै देशमा विकसित क्रान्तिका विशिष्ट सिद्धान्तहरूको ठोस निर्देशनमा सामाजिक मुक्ति र राष्ट्रिय स्वतन्त्रताको आन्दोलनलाई नेतृत्व गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्नु यस पार्टीको मुख्य अभिभारा हो ।’ यस्तै पार्टीको चरित्रवारे प्रतिवेदनमा भनिएको छ– ‘क्रान्तिकालमा होस् वा क्रान्तिपश्चात् सत्ता संचालनको अवधिमा, पार्टी श्रमजीवी पक्षधरताबाट कहिल्यै विचलित हुन सक्तैन, हुनुहुँदैन । पार्टी आन्दोलनमा रहँदा होस् या सत्तामा, एकल नेतृत्व गरिरहँदा होस् या संयुक्त मोर्चाभित्र रहेर काम गर्दा कम्युनिस्ट पार्टीको चरित्र सधैं भरि सर्वहारा श्रमजीवी वर्गको राजनीतिक पार्टीका रूपमा अक्षुण्ण रहन्छ, रहनुपर्दछ । कम्युनिस्ट पार्टी विचारविहीनको समूह होइन, स्वेच्छिक रूपले सामाजिक परिवर्तनमा समर्पित हुन तत्पर, त्यसका लागि जस्तोसुकै बलिदान दिन तयार द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणबाट दीक्षित व्यक्तिहरूको स्वेच्छिक अनुशासनमा आबद्ध सचेत स्वयंसेवी राजनीतिक संस्था हो । त्यसैले पार्टी निर्माणलाई सदस्य र कमिटीको प्राविधिक संरचनाका रूपमा होइन, सचेत, निष्ठावान र वैचारिक एवम् भावनात्मक एकरूपताका साथ आन्दोलनमा समर्पित र लक्ष्यमा एकाग्र नेता कार्यक्र्ताको शृङ्खलाबद्ध संरचनाका रूपमा बुझ्नुु र तदनुरूप अगाडि बढाउनु पर्दछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)