पूर्वपत्नीविरुद्ध कानुनी उपचारमा जाने तयारीमा मनोज गजुरेल
onlinekhabar.com · Mon Dec 14 17:34:16 UTC 2020
२९ मंसिर, काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार मनोज गजुरेलले तीन वर्षअघि डिभोर्स भएपछि पनि पूर्वश्रीमतीबाट गाली–बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका छन् । पूर्वश्रीमतीका क्रियाकलापले आफ्नो चरित्रहत्या भएको र आफ्ना दुई छोराछोरीहरूलाई समेत असर पुर्याएको उनको गुनासो छ ।
फेसबुकमा स्टाटस लेख्दै गजुरेलले ५ वटा बुँदामा आफ्नो व्यथा पोखेका हुन् । एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन बसेको भन्दै उनले अहिले बाध्य भएर स्पष्टीकरण दिनुपरेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)