प्रदेश सरकार सुतेर बस्न मिल्दैन : केदार कार्की
nepalnews.com · Mon Aug 24 09:48:18 GMT 2026

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले विराटनगरका आँखा अस्पतालहरूमा लगाइएको ताला तत्काल खोल्न माग गरेका छन्। सोमबार बसेको प्रदेशसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै कार्कीले साउन २७ गते देखि अस्पतालहरू बन्द हुँदा पनि प्रदेश सरकार मूकदर्शक बनेको भन्दै आक्रोश व्यक्त गरे।
पूर्व मुख्यमन्त्री कार्कीले शुक्रबार राति २२ गते प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई फोन गरेर २०२८ सालको नियम देखाउँदै अस्पताल बन्द गराइएको दाबी गरे। ‘कुन संघीय मन्त्री वा कसको आदेशमा यो भयो ? प्रदेश सरकारले अनुमति दिएका र प्रदेशलाई नै कर बुझाउने अस्पतालहरू बन्द हुँदा सरकार किन सुतेर बसेको छ ?’ कार्कीले प्रश्न गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)