प्रतिनिधि सभाको भदौ १५–३० को पाक्षिक क्यालेण्डर स्वीकृत
nepalnews.com · Mon Aug 24 09:57:05 GMT 2026

काठमाडौं। प्रतिनिधि सभाको भदौ १५–३० को पाक्षिक क्यालेण्डर स्वीकृत भएको छ। सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले पाक्षिक क्यालेण्डर स्वीकृत गरेको हो।
बैठकले संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने तथा सदनमा विचाराधीन विषयहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने विषयमा छलफल गर्दै क्यालेण्डर स्वीकृत गरेको सभामुख अर्यालको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)