बलात्कारीको शरीर थरथर काँप्ने कानुन बनाऔँ, पुरुष हुनुमा लाज लागिरहेको छ: सोम शर्मा (भिडिओ)
nepalpress.com · Mon Aug 24 09:55:44 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले बलात्कार जस्तो जघन्य अपराध गर्नेहरूको शरीर थरथर काँप्ने गरी कडा कानुन बनाउन माग गरेका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले गरिमा चौधरीको बलात्कारपछि भएको निर्मम हत्याको घटनाले देशकै मुटु भतभती जलाएको बताए । कलिला नानीहरूमाथि गिद्धे दृष्टि लगाउने अपराधीहरूको समाजमा उपस्थिति देख्दा आफूलाई पुरुष हुनुमा समेत लाज लागेको उनले उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)