छोराले चलाएको मोटरसाइकल दुर्घटनामा बाबुको मृत्यु, अर्का एक घाइते
nepalnews.com · Mon Aug 24 10:03:48 GMT 2026

महेन्द्रनगर । मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। बेदकोट नगरपालिका–६ सिसैयास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान गौरसिंह महराको मृत्यु भएको हो। से ३ प ५२७४ नम्बरको मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–९ सुन्दरपुरका ६० वर्षीय महराको मृत्यु भएको प्रहरीले जनाएको छ।
बेदकोट नगरपालिका–९ का ४० वर्षीय गगनसिंह महराले चलाएको मोटरसाइकल अनियन्त्रित भई पैदलयात्रु डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का २१ वर्षीय यज्ञ ठगुन्ना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)