विदेशी स्याउ आयात रोक्न ज्ञानेन्द्र शाहीको माग
onlinekhabar.com · Mon Aug 24 10:03:02 GMT 2026

८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट स्याउ आयात रोक्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहीले सरकारको ध्यानाकर्षण गराउँदै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका हुन्। सांसद शाहीले अघिल्लो आर्थिक वर्षमा मात्रै करिब १० अर्ब ५५ करोड ७५ लाख रुपैयाँभन्दा बढीको स्याउ विदेशबाट आयात भएको दाबी गर्दै नेपाली किसानले उत्पादन गरेको स्याउ भने बजार अभावका कारण समस्यामा परेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)