मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्कुल बस र अटोको ठक्करले दुई जनाको मृत्यु, तीन घाइते

kalakarmi.com · Mon Aug 24 09:43:52 GMT 2026

उदयपुर- उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

सोमवार बिहान करिब पौने १० बजे सुपाडेबाट लालबजारतर्फ जाँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किएका हुन् । दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए । दुर्घटनालगत्तै स्थानीय तथा प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा अस्पताल) पुर्‍याएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)