मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

ratopati.com · Sun Oct 25 23:15:24 GMT 2026

भोजपुर । धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन् । किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा परालसमेत नष्ट हुन थालेको किसानले बताएका छन् ।

भोजपुर नगरपालिका–५ बोखिमका अधिकांश किसानको खेतमा लाई किराको समस्या देखिएको स्थानीय किसान धनबहादुर थापाले जानकारी दिनुभयो । विगतका वर्षमा यस्तो समस्या नदेखिएको भए पनि यस वर्ष किराको प्रकोपले धानबालीमा क्षति पुर्‍याएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)