बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा चारजना पक्राउ
nepalnews.com · Wed Jul 01 15:21:10 GMT 2026

बारा। बाराको जितपुर सिमरा उपमहानगरपालिका १६‚ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
मोबाइल चोरी गरेको आरोप लगाउँदै बरको रुखको फेदमा बाँधेर चार बालबालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको हो। प्रहरीले ६२ वर्षीया मीना रजन मगर, ३२ वर्षीया पवीकुमारी आले मगर, ३० वर्षीया रानीमाया मोक्तान र ४२ वर्षीया निर्मला वाइवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)