मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अनुगमनमा सहयोग नगर्ने ग्यास व्यवसायीलाई कारबाही

abhiyandaily.com

काठमाडौं (अस) । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनमा सहयोग नगर्ने व्यवसायीलाई कारबाही गरेको छ । विभागले अनुगमनका क्रममा विभिन्न असयोग गर्ने काठमाडौंका व्यवसायीलाई कारबाही गरेको हो ।

विभागका महानिर्देशक लीलाप्रसाद शर्माले अनुगमनका क्रममा खरीद बिल नदेखाउने, उपभोक्ता कानून पालना नगर्ने लगायतका व्यवसायीलाई कारबाही गरिएको जानकारी दिए । उनका अनुसार काठमाडौं महानगरपालिका– ३४ का एक ग्यास डिपोले खरीद बिल नदेखाएको कसुरमा कारबाही गरिएको छ । त्यस्तै काठमाडौं महानगरपालिका–३२ सुविधानगरको एक डिपोलाई पनि बिल नभएको, अनामनगरमा रहेका दुई डिपोले उपभोक्ता कानून पालना नगरी अनुगमनमा असहयोग गरेको कसुरमा कारबाही गरिएको विभागले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)