मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

आश्विन शुक्ल पूर्णिमा: कार्तिक स्नान, आकाशदीप दान, तुलसीको विशेष पूजा

ratopati.com · Sun Oct 25 23:30:00 GMT 2026

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत् सुरु गरिँदै छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)