खतरा अझै टरेको छैन, खबरदार !
janaaastha.com
केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध एक ठाउँमा उभिएका र १५ वर्ष गठबन्धन गर्ने घोषणासहित मिलेर चुनाव लडेका नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्रीमा कुरा नमिल्दा पुस १० गते राष्ट्रिय राजनीतिले नयाँ मोड लियो । पूर्वसहमति तोडेर राष्ट्रपति र प्रधानमन्त्री दुबै पद आफैँले पाउनुपर्ने कांग्रेसको अडानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालकोटको बार्दलीमा उभ्याएपछि जुटेको वाम सहकार्य दुई महिना पनि टिकेन । परिणामः पहिलो खेपमा को प्रधानमन्त्री बन्ने भन्ने विवादले छुट्टिएका कांग्रेस र माओवादी पुरानै ठाउँमा फर्किएका छन् । तर, राष्ट्रपति कांग्रेसको ‘ढोक्सा’मा परेसँगै राजनीतिले अर्को मोड लिनसक्ने पूर्वसंकेतहरू पनि देखिन थालेपछि वर्तमान आठ दलीय गठबन्धनको स्थायित्वलाई लिएर आशंका पैदा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)