मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेबाट निर्वाचित ८ वडाध्यक्षले पार्टी परित्याग गरेसँगै पद रिक्त

himalpress.com · Wed Jun 10 05:36:12 GMT 2026

काठमाडौँ- नेकपा एमालेबाट उम्मेदवार भएका तर यसबीचमा विभिन्न पार्टीमा प्रवेश गरेका ८ जना वडाध्यक्षको पद रिक्त भएको छ। निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गरी ती वडाध्यक्षहरूको पद रिक्त भएको जानकारी दिएको हो।

पद रिक्त हुने वडाध्यक्षमा ओखलढुंगा मोलुङ गाउँपालिका–१ का वडाध्यक्ष कमलबहादुर बानिया रहेका छन्। ओखलढुंगा मोलुङ गाउँपालिका–६ का वडाध्यक्ष कमल तामाङको पद पनि रिक्त भएको छ। ओखलढुंगाकै चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष सुरेशकुमार थापाको पद पनि रिक्त भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)