आइसोलेसन तोडफोडमा संलग्न थप चार पक्राउ
swasthyakhabar.com · Mon Aug 24 17:46:17 UTC 2020
सङ्खुवासभा- सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन्। कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा ती पक्राउ परेका हुन्।
आइसोलेसन तोडफोड गरेका आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–७ का हिर बुढाथोकी, पासाङ शेर्पा, विकास थापा मगर र लाखबहादुर राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)