पशुमा बढ्दो बाँझोपन
gorkhapatraonline.com · Sun Oct 25 23:39:09 GMT 2026

। पाँच वर्षदेखि व्यावसायिक गाई पाल्दै आएका भीमसेन थापा गाउँपालिका गोरखाका भक्तप्रसाद श्रेष्ठले पछिल्लो समय निकै कष्ट बेहोर्दै आउनुभएको थियो । लामो समयसम्म गाईले बाली नखोज्ने र बारम्बार थुनेलोको समस्या देखिने भएपछि उहाँ पशुपालन व्यवसायको विकल्प खोजिरहनुभएको थियो ।
गाईको उपचारका लागि पटक पटक प्रयास गरे पनि समस्या समाधान हुन सकेको थिएन । पशुपालनबाट आम्दानी हुने आशा क्रमशः निराशामा बदलिँदै थियो । पशु प्रजनन प्रविधिविज्ञ डा. रविन वास्ताकोटीको नेतृत्वको टिमले डोप्लर अल्ट्रासोनोग्राफी प्रविधिबाट पशुको सूक्ष्म परीक्षण गरेको थियो । त्यसबाट उहाँको पशुमा के भएको भन्ने पत्ता लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)