उपत्यकाका पोखरीहरु सम्पदा मात्र नभई भविष्यका जलसुरक्षाका आधार पनि हुन्
ratopati.com · Mon Aug 24 10:14:53 GMT 2026

काठमाडौँ उपत्यका केवल ऐतिहासिक सम्पदा, मठ–मन्दिर, जात्रा र सांस्कृतिक परम्पराले मात्र समृद्ध छैन, यहाँको सभ्यता र जीवन पद्धतिसँग जोडिएका पोखरी, ढुंगेधारा, इनार, राजकुलो तथा अन्य परम्परागत जलस्रोतहरूले पनि उपत्यकाको पहिचान निर्माण गरेका छन् । उपत्यकाका विभिन्न बस्तीमा रहेका पोखरीहरू कुनै समय पानीको मुख्य स्रोत, धार्मिक तथा सांस्कृतिक गतिविधिको केन्द्र, वर्षाको पानी व्यवस्थापन गर्ने प्राकृतिक संरचना र स्थानीय वातावरणीय सन्तुलन कायम गर्ने महत्वपूर्ण आधार थिए ।
तर पछिल्ला दशकमा तीमध्ये धेरै पोखरी अतिक्रमण, अव्यवस्थित सहरीकरण, फोहोरमैला, पानीका प्राकृतिक स्रोतको क्षय तथा संरक्षणप्रतिको कमजोर प्राथमिकताका कारण संकटमा परेको देखिन्छ । काठमाडौँ उपत्यकामा सहरी विस्तार तीव्र हुँदै जाँदा खुला तथा सार्वजनिक जमिनको क्षेत्रफल घटिरहेको छ । कंक्रिट र पक्की संरचनाले जमिन ढाकिँदै गएपछि वर्षाको पानी जमिनभित्र पुनर्भरण हुने प्राकृतिक प्रक्रिया कमजोर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)