माओवादी विद्रोहदेखि रास्वपाको उदयसम्म
ratopati.com · Mon Aug 24 10:19:24 GMT 2026

पुँजीवाद र साम्राज्यवाद विरुद्धको युद्धको अन्तिम दुष्परिणामका रूपमा मानव बेचबिखन देखा परेको छ । यो संकट दसकौँ लामो गृहयुद्धका क्रममा माओवादीको गढ रोल्पाबाट सुरु भएको त्रास, विनाश, सामाजिक क्षय र हत्या हिंसाबाट जन्मिएको हो । यस वैचारिक ‘आधार इलाका’ ले मानिसहरूलाई गोप्य तल्लो मार्ग प्रयोग गरेर अवैध रूपमा संयुक्त राज्य अमेरिका छिर्ने तरिका पनि सिकायो । यस इतिहासलाई हेर्दा, कमरेड प्रचण्डले अब कुन रूपमा के कदम चाल्ने हुन् भनी आश्चर्य लाग्नु स्वाभाविक हो ।
फेब्रुअरी १९९६ मा सुरु भई नोभेम्बर २००६ को विस्तृत शान्ति सम्झौतासम्म चलेको माओवादी विद्रोहले हजारौँ ग्रामीण परिवारलाई सहरी केन्द्रहरूमा बसाइँ सर्न बाध्य तुल्यायो । फलस्वरूप, अधिकांश युवाहरू जीविकोपार्जन गर्न र आफ्ना विस्थापित परिवारलाई सहयोग गर्न बिदेसिएका छन् । यो जनशक्तिको पलायनले धेरै पहाडी जिल्लाहरू सुनसान र खेतबारी बाँझो बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)