राहुघाट जलविद्युत् आयोजनामा सुरु भयो परीक्षण उत्पादन
saralpatrika.com · Mon Aug 24 02:52:55 GMT 2026

म्याग्दी। म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो ।
रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार राहुघाट जलविद्युत् आयोजना विद्युत् उत्पादनको तयारीमा रहेको छ। “बाँध, डिसेन्डर, सुरुङ, स्विचयार्डको परीक्षण सफल भइसकेको छ,” उनले भने, “२० मेगावाट क्षमताको एउटा युनिटको परीक्षण सकिएको छ। अर्को २० मेगावाटको युनिटको पनि आइतबार परीक्षण थालिएको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)