धेरै ब्याजको आशमा डुबेका डिल्लीप्रसादहरुको कथा : 'सिभिल सहकारी'को उपहार र चिठ्ठाको 'पासो'मा फस्यो करोडौं रुपैयाँ
pahilopost.com · Wed Oct 06 01:15:26 GMT 2021
काठमाडौं : पाँच वर्षअघि डिल्लीप्रसाद भट्टराई कुबेतमा थिए। कमाई राम्रै थियो। भएको कमाइलाई बचत र व्याजमा परिणत गर्ने सोच बनाए उनले। श्रीमतीमार्फत् उनले राम्रो व्याज दिने वित्तीय संस्था खोजेका थिए। त्यतिखेर अन्य बैंकहरुले १० प्रतिशत व्याज दिइरहेका थिए।
त्यही समयमा सोल्टीमोडस्थित सिभिल क्रेडिट एण्ड सहकारीले भने १२ प्रतिशत व्याज दिने भयो। दुई प्रतिशत व्याजको लोभमा उनले ३३ लाख रुपैयाँ सहकारीको फिक्स डिपोजिटमा राखे। व्याज आइरहेको थियो। उता कमाइ पनि राम्रो नै थियो। त्यसपछि डिल्लीप्रसादले ५० लाख रुपैयाँ जम्मा गरे यही सहकारीमा।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)