तीन सवारीसाधन एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, एक घाइते
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026

काठमाडौँ । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार नारायणगढबाट रामनगरतर्फ गइरहेको मोटरसाइकललाई विपरीत दिशाबाट आएका ट्रक र कारले आज बिहान एकापसमा ठक्कर दिएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्टको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)