अफगानिस्थानको मस्जिदमा बम विस्फोट : चारको मृत्यु, आठ घाइते
annapurnapost.com · Fri Jun 12 11:01:00 UTC 2020
काबुल : अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा बम विस्फोट हुँदा चारजना मारिएका छन् । साथै आठजना घाइते छन् ।
शुक्रबारको नियमित प्रार्थनाको अवधिमा मस्जिदमा हमला भएको थियो । गृहमन्त्रालयका अनुसार काबुलको दक्षिणी क्षेत्रस्थित शेर शाह सुरी मस्जिदमा हमला भएको थियो । घटनापछि सरकारले आपत्ति जनाउँदै विज्ञप्ति निकालेको छ । विस्फोटको क्रममा मस्जिदमा धार्मिक नेता अजिजुल्लाह मोफ्लेस मारिएको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)