‘साम्राज्य’ मा अन्जनाको इन्ट्रि
kalakarmi.com · Mon Aug 24 11:02:09 GMT 2026

काठमाडौं- अभिनेत्री अन्जना बराइलीलाई पछिल्लो समय फिल्ममा व्यस्तता बढेको छ। ‘सिन्दुरे जात्रा’ र ‘आशा’को छायांकनमा व्यस्त रहेकै बेला बराइली नयाँ नेपाली फिल्म ‘द राइज अफ साम्राज्य’मा जोडिएकी छन् ।
अन्जनाले सामाजिक सञ्जालमार्फत आफू फिल्ममा अनुबन्धित भएको जानकारी दिएकी हुन् । ‘एपिक एक्सन ड्रामा’ जनरामा निर्माण हुने फिल्ममा यसअघि अभिनेता सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेन अनुबन्धित भइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)