डडेल्धुरामा खेलकुद पूर्वाधार निर्माण तीव्र
ekantipur.com · Mon Nov 17 17:12:23 GMT 2025
डडेल्धुरा — जिल्लाका विभिन्न स्थानीय तहहरूले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै खेल मैदान निर्माण, विस्तार र स्तरोन्नतिको काम अघि बढाएका छन् । गन्यापधुरा, आलिताल, अमरगढी, अजयमेरु, परशुराम, नवदुर्गा र भागेश्वर गाउँपालिकामा विभिन्न चरणमा खेल मैदानको काम तीव्र ढंगले अघि बढेको छ ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा खेल मैदान निर्माणका धेरै योजना भए पनि केही आयोजना भने अधुरै छन् । नगरको वडा नं. ५ मा उग्रतारा खेल मैदान निर्माणका लागि सघन सहरी विकास कार्यालय डोटीले बजेट छुट्याएको भए पनि काम सुरु हुन नसकेको नगरपालिकाका अधिकृत टंकप्रसाद पन्तले बताए । संघीय सरकारले भलिया खेल मैदानका लागि छुट्याएको तीन करोड रुपैयाँ पनि उपयोगविहीन अवस्थामा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)