मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गृहमन्त्री लामिछानेद्वारा चितवन महोत्सव अवलोकन

lokaantar.com · Thu Jan 12 23:37:48 GMT 2023

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नारायणगढको नारायणी नदी किनारमा सञ्चालित १४ औँ संस्करणको चितवन महोत्सवको अवलोकन गरेका छन् । बिहीबार दिउँसो महोत्सवस्थल पुगेका लामिछानेले नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको ‘मेड इन नेपाल’ एक्स्पोसँगै महोत्सवको कृषि प्रदर्शनी अवलोकन गरेका हुन् ।

गृहमन्त्री लामिछानेले महोत्सव अवलोकनपछि युवा उद्यमीहरुको साथमा सधैँ आफू रहेको बताए । उनले केही नयाँ गर्न खोज्ने युवाहरुलाई आफूले गर्ने कामको प्रपोजल बनाएर गृहमन्त्रालयमा सम्पर्क राख्न आग्रह गरे । युवाहरु विदेश पठाएर नभइ स्वदेशमा नै स्वरोजगार बनाएर देशको विकास हुने भन्दै यो सरकार नवप्रवर्धनमा प्रतिबद्ध भएको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)