बेलायतको उत्तरी क्षेत्रमा बोएलो आँधीका कारण जनजीवन अस्तव्यस्त
kendrabindu.com · Mon Oct 26 00:47:10 GMT 2026

लन्डन । बेलायतको उत्तरी क्षेत्रमा भारी वर्षासहित कडा हुरी आउँदा यहाँको जनजीवन प्रभावित भएको छ । आँधीका कारण आइतबार १०औं हजार घरहरू विद्युत्विहीन भएका छन् र यातायात सेवा अवरुद्ध भएका छन् ।
यो मौसममा बेलायतका आएको बोएलो दोस्रो ठूलो आँधी हो । यसअघि शुक्रबार अस्टेन नाम दिइएको आँधीले देशका दक्षिणी क्षेत्रहरूमा व्यापक प्रभाव पारेको थियो । इनर्जी नेटवक्र्स एसोसिएसनले बिहान ८ बजेसम्मको अपडेटमा ८२ हजारभन्दा बढी घरमा विद्युत् नभएको जनाएको छ । अस्टेनले पुर्याएको क्षतिपछि कटौती भएको विद्युत् सेवा झन्डै ३ लाख ५० हजार ग्राहकमा पुनः जडान गरिएको एसोसिएसनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)