मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

असोजमा विद्युत् निर्यातबाट ५ अर्ब ९२ करोड रुपैयाँ आम्दानी

tourismface.com · Mon Oct 26 00:50:58 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् बिक्री गरेर ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भए पनि गत वर्षको असोज र चालु आर्थिक वर्षको भदौको तुलनामा विद्युत् निर्यातबाट प्राप्त रकम बढेको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको विद्युत्मध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) मार्फत बिक्री गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)