एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिम भिड्ने
ratopati.com · Mon Oct 26 00:54:12 GMT 2026
काठमाडौँ । नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिता आज कात्तिक ९ देखि मंसिर ५ गतेसम्म (अक्टोबर २६ देखि नोभेम्बर २१) कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन् । खेल सोमबार बेलुकी साढे ४ बजेपछि सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)