वीरगंजमा सांसद र डाक्टरसमेत थप ६४ जनामा कोरोना संक्रमण पुष्टि
pahilopost.com · Fri Jul 31 18:08:49 UTC 2020
वीरगंजः पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा पर्सा १ का सांसद प्रदीप यादव पनि छन्। यादवका निजी सुरक्षाकर्मी र चालकको पनि संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालले शुक्रबार राति सार्वजनिक गरेको रिपोर्ट अनुसार नारायणी अस्पतालकै एक डाक्टरमा पनि संक्रमण पुष्टि भएको छ। यस्तै, एक जना पारामेडिक स्टाफलाई पनि संक्रमण पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)