बाँकी मूल्यांकन १ महिनाभित्र सक्ने
ekantipur.com · Thu Feb 08 01:23:49 GMT 2024
पर्सा — अधिग्रहण प्रक्रियामा रहेको वीरगन्ज महानगरपालिका–२५ स्थित सिर्सिया सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी बीचमा रहेको सिर्सिया खल्वाटोला गाउँको खेतको मुआब्जा वितरण सकिने चरणमा रहेको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीका अनुसार हालसम्म स्थानीय जग्गाधनीले करिब ४ अर्ब ८० करोड रुपैयाँ मुआब्जा रकम बुझिसकेका छन् ।
‘मुद्दामामिला तथा प्राविधिक जटिलता रहेका केही जग्गाधनीबाहेक अधिकांशले आफ्नो खेतको मुआब्जा बुझिसकेका छन्,’ उनले भने, ‘अब बाँकी घरघडेरी, पोखरी, बानीनाली र रूखको मूल्यांकन गर्ने काम सुरु गरिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)