धान जोगाउने चिन्तामा झापाका किसान, जङ्गली हात्तीबाट सतर्क रहन सशस्त्र प्रहरीको आग्रह
bishowkhabar.com · Mon Oct 26 01:01:37 GMT 2026

काठमाडौं – धान पाकेर भित्र्याउने समय नजिकिएसँगै झापाका किसानलाई बाली जोगाउने चिन्तासँगै जङ्गली हात्तीको जोखिम पनि बढेको छ । खेतमा पाक्न लागेको धान जोगाउन किसान खेतबारीमा जाने र रातिसमेत निगरानी गर्ने भएकाले हात्तीसँग जम्काभेट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा सुरक्षा निगरानी र जनचेतनामूलक अभियान तीव्र पारेको छ ।
चाडपर्वका समयमा मानिसको चहलपहल बढ्ने तथा बिहान, बेलुका र रातिको समयमा हात्तीको आवतजावत हुने भएकाले स्थानीय बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। सशस्त्र प्रहरीले हात्ती प्रभावित बस्तीमा माइकिङ गरेर सचेतना फैलाउनुका साथै मोबाइल तथा पैदल गस्तीमार्फत निगरानी गरिरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)