उदयपुरको बेलकामा स्कुल बसले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु , तीन घाइते
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ । उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बसले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा बेलका नगरपालिका–५ की अन्दाजी ३४ वर्षीया मन्दिरा मगर र नामथर, उमेर तथा ठेगाना नखुलेकी अर्की एक महिलाको मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)