घट्दै कोदो खेती, बजारमा भने माग र मूल्य उच्च
hamrakura.com · Mon Oct 26 00:00:00 GMT 2026

काठमाडौँ। पछिल्लो समय जुम्ला जिल्लामा कोदो खेती गर्ने किसानको सङ्ख्या निरन्तर घट्दै गएको छ। बजारमा कोदोको पिठोको माग उच्च भए तापनि खेती गर्ने किसानको सङ्ख्या भने घट्दै गएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताएका छन्।
कोदोको उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोग बढाउने लक्ष्यसहित स्थानीय तहहरूले प्रभावकारी कदम चाल्न सकेका छैनन्। रैथाने बालीका रूपमा रहेको लोपोन्मुख कोदो खेतीलाई प्रवर्द्धन गर्न सम्बन्धित निकायले चासो नदेखाएको स्थानीय किसानहरूको गुनासो छ। गाउँघरमा युवा जनशक्तिको वैदेशिक रोजगारी वा अन्य पेसातर्फ आकर्षण बढेकाले खेतीयोग्य जमिन बाँझो छाड्ने क्रम बढेको छ। पाका पुस्ताले मात्र परम्परागत रूपमा यो खेती थामिरहेका छन्। हाल किसानहरू कोदोभन्दा तरकारी र नगदे बालीसजारतर्फ बढी आकर्षित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)