प्रियागोल्ड बिस्कुट नेपालमा पनि प्रतिबन्धित
gorkhapatraonline.com · Mon Oct 26 01:09:47 GMT 2026

सरकारले भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडद्वारा उत्पादित प्रियागोल्ड ब्रान्डका सम्पूर्ण बिस्कुटको पैठारी, सीमानाका प्रवेश र नेपालभित्र बिक्रीवितरणमा पूर्ण रोक लगाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त ब्रान्डको बिस्कुट मानिसको उपभोगका लागि नभएकाले नेपालमा बिक्रीवितरणमा रोक लाइएको हो । सो ब्रान्डको बिस्कुट भारतमा यसअघि नै मानव खपतका लागि रोक लगाइएको थियो । विभागका अनुसार नेपालमा पनि आयात हुने गरेको प्रियागोल्ड बिस्कुट खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत भएको पाइएकाले बिक्रीवितरणमा रोक लगाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)