ऊर्जा नीति, सडक सुधार र दुर्घटना न्यूनीकरण भौतिक मन्त्रालयको प्राथमिकता
nepalpress.com · Mon Aug 24 12:04:18 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट सरलले पदभार ग्रहण गर्दै सडक सुधार, ऊर्जा विस्तार र सडक दुर्घटना न्यूनीकरणलाई मन्त्रालयको प्राथमिकतामा राखेका छन्। प्रदेशको दीगो विकासका लागि आवश्यक कार्ययोजना तयार गरी अघि बढ्ने उनले बताएका छन्।
मन्त्री भाटले पदभार ग्रहणकै दिन तीन महत्त्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन्। पहिलो निर्णयअन्तर्गत कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्म सीसी क्यामेरासहित सवारीसाधनको गति मापन गर्ने उपकरण जडान गर्ने निर्णय गरिएको छ। यसबाट बढ्दो सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास मन्त्री भाटले व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)